धनगढी: धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी कारले पैदल यात्रीलाई ठक्कर दिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमवार बा १८ च १४६८ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको बताएको छ।
धनगढी उपमहानगरपालिका–९ बग्राकी ६० वर्षीय नारुदेवी महरा र एक वर्षीय बालक घाइते भएका छन। कञ्चनपुरको शुक्लाफाटाका दिलबहादुर विष्टले चलाएको कारले उनीहरूलाई ठक्कर दिएको हो। कारको ठक्करबाट घाइते भएकाको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार हुँदैछ।