धनगढीः कैलालीमा गाँजा र ४ वटा सुल्पासहित ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जानकी गाउँपालिका–७ बस्ने २२ वर्षीय बिक्रम विश्वकर्मा, १९ वर्षीय प्रविन सिंह, २१ वर्षीय बिरेन्द्र विक, २१ वर्षीय रिजन विश्वकर्मा, २२ वर्षीय राहुल विक रहेका छन्।
यस्तै बर्दगोरिया गाउँपालिका–४ बौनिया बस्ने १९ वर्षीय हेमन्त तिरुवा, २६ वर्षीय तेजश विश्वकर्मा र २५ वर्षीय बिर्जु विश्वकर्मा रहेका छन्। यी सबै जनालाई जानकी गाउँपालिका–७ मोतिनगर स्थित सडक छेउमा भत्केको पुरानो घरको कोठाभित्र सामुहिक रुपमा गाँजा सेवन गरिरहेको अवस्थामा ४ वटा सुल्पा र ८० ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलवार नियन्त्रणमा लिएको हो।