धनगढीः कैलाली र कञ्चनपुरबाट नौं लाख बढीको सामान बरामद गरिएको छ। आइतबार कैलाली जिल्लाको बिभिन्न स्थानबाट तीन लाख ७० हजार र कञ्चनपुरका विभिन्न स्थानबाट ५ लाख ६३ हजार बढीको सामान बरामद गरिएको हो। भारतबाट भन्सार छलेर ल्याइएका प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु, मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जी, उनीकोट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ। सबै सामान बेबारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। भन्सार छलेर सामान ल्याउने भने कोही पक्राउ परेका छैनन्।
यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर, कस्मेटिक, किरानाका सामान, प्लाष्टिक झिल्ली, मोटरसाइकल सहितका सामान बरामद गरिएको छ। त्यहाँ पनि सबै सामान बेबारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। भन्सार छलेर सामान ल्याउने भने कोही पक्राउ परेका छैनन्।