धनगढी – कैलालीको धनगढीमा एक घरमा चोरी भएको छ । धनगढी उपमहानगरपलिका–४ न्युरोड टोलस्थित शान्ति विष्टको घरमा चोरी भएको हो । घरमा कोही नभएको बेला चोरले नगद, सुन, चाँदी र तीनवटा खुत्रुक्के चोरेर लगेको घरधनी विष्टले बताएकी छन् । कञ्चनपुरको झलारीस्थित कलुवापुर गएको अवस्थामा घरको गेटको ताल्चा तोडेर घरभित्र चारी भएको उनले बताइन् । उनी शनिबार बिहान घर पुग्दा मात्रै चोरी भएको थाहा पाएको बताइन ।
चोरले १३/१४ हजार नगद १२ आना सुन, तीन जोडा चाँदीको बाला र तीनवटा ठुलठुला पैसा जम्मा गरिएका खुत्रुक्के चोरी चोरी गरिएको बिष्टले बताएकी छिन । उनले चोरी भएको विषयमा प्रहरीलाई पनि खबर गरिसकेको बताइन ।