धनगढी । सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत सम्पुर्ण युनियट एका एक गणमा तानिएका छन् । प्रभावकारी काम गर्न नसकेको भन्दै उनिहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली तानिएका हुन् ।
बिओपि फूलवारीमा कार्यरत शसस्त्र प्रहरीहरुले तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न नसकेको पटक–पटक विवादमा आउने, सर्वसाधारणलाई अनावश्य दुख दिन थालेको आरोप लाग्न थालेपछि एकाएक गणमा तानिएको बताईएको छ । तस्करहरुसंग मिल्ने र घरायसी समान ल्याउने स्थानीयलाई अनावश्यक दुख दिने गरेको समेत स्थानीयले आरोप लगाउदै आएका थिएँ ।
यसरी पटक–पटक आरोप खेप्न थालेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बिओपि फूलवारीमा कार्यरत सबै युनिटलाई गणमा तानिएको स्वीकार गरे । इन्सपेक्टर अच्चुत कुँवरलाई चेतावनी सहित अन्य सबै युनिटलाई गणमा तानिएको एसपी पाण्डेले बताए । उक्त बिओपीमा गणबाट नयाँ टोली खटाएका समेत एसपी पाण्डेले बताए । कार्य सम्पादन गर्न नसक्ने अन्य बिओपीको टोलीलाई समेत गणमा तान्ने काम भईरहेको उनको भनाई छ ।