बैतडी– बैतडीको पञ्चेश्वर गाउंपालिका वडा नम्बर २ डिम्मर घाटमा कार्यरत प्रहरी हवल्दारले किशोरीलाई प्रेममा पारेर गायब गरेको आरोप लागेको छ । महाकाली प्रहरी चौकीमा कार्यरत निमित्त ईञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीले सोही ठाउँकी १८ वर्षीया किशोरीलाई आफ्नो मायाजालमा फसाएर गायब गरेको परिवारले आरोप लगाएका छन् । प्रेमजालमा फसाएर किशोरीलाई गायब पारि आफुपनि भाग्न लागेको अवस्थामा समातेर प्रहरीको जिम्मा लगाएको किशोरीका बुवा राम सिंह मगोंलालले बताए ।
घटाना नं. १
वेपत्ता भएको एक दिन अघि पनि किशोरी ४ घण्टा घरबाट सम्पर्क बिहीन थिईन् । असोज २३ गते साँझ ६ बजेदेखि राति १० बजेसम्म वेपत्ता रहेकी थिईन् । छिमेकिमा खोजतलास गर्दा उनी कतै पनि भेटिइनन् । तर उनी राती १० बजेपछि आफैँ घर आईन् ।रामसिंह मगोंलाले भने, ‘छोरी कता गईन भनेर परिवारले खोज्न भने । राति अबेर सम्म पनि घर आइनन् । राति १० बजेपछि उनी आफैँ घर आईन् । कता गको यतिबेलासम्म भनेर सोधपुछ गर्दा उनले मलाई थाहा छैन्, मेरो टाउको, शरिर, कम्मर दुखिरहेको छ मालिस गरिदेउ भनिन् । आमाले उनलाई मालिस गरिदिएपछि राति हामी सबै सुत्यौँ ।’ के कति कारणले शरिर दुखाई भयो भन्ने पनि परिवारलाई नबताएको राम सिंहले बताए ।
घटना नं. २
साँझदेखि छोरी खोज्दा फेला नपरेपछि रामसिंहले भाइ नाता पर्ने प्रेमसिंह मगोंलालाई फोन गर्छन् । छोरी घरमा छैन कहां गईन छिटो घर आउनु खोजी गरौं भन्ने दाईको आग्रहपछि प्रेम पसल बन्द गरेर घर गए । प्रेम सिंह मगोंला घाटमा सामान्य पसल व्यवसाय गर्दै आएका व्यक्ति हुन ।
घटना नं. ३
प्रहरी चौकी महाकाली नदी किनारबाट केहि मिटर दुरीमा छ । नदिको अलि माथी बस्ती छ । प्रहरी चौकी पनि स्थानीयकै एउटा घरमा छ । मलाई प्रहरी चौकिबाट समेत फोन आएको थियो । प्रेमले भने, ‘दाईको र चौकिबाट एउटै समयमा फोन आयो । म पसलमा भएको बेला चौकिबाट फोन गरेर त्यहाँ हवल्दार साप आका छन कि बस्नका लागि भनेर सोधे मैले आ छैनन् भनेर जवाफ फर्काए र केही छिनपछि दाईको पनि फोन आयो छोरी हराइ भनेर । त्यसपछि हामी खोज–तलासमा लाग्यौँ तर छोरी कहीँ पनि भेटिइनन् । पछि उनी आफैँ घर आईन् । हामीले छोरीलाई मानसिक टर्जर होला भनेर धेरै सोधपुछ पनि गरोनौँ ।
घटना नं. ४
छोरी हराएको र हवल्दार चौकिमा छैनन भन्ने खबरले परिवारको शंका पैदा भयो । प्रेमले भने, ‘हाम्रा घर पसल, र चौकि नजिक नजिकै छन् । सबै प्रहरी आउँछन बस्छन् हामीलाई उनीरुमाथि कुनै शंका नै थिएन् । तर दुवै जना हराएको समय एउटा–एउटै मिलेपछि कता–कता मनमा संका पैदा भयो । फेरी त्यो दिन छोरीको घर पुगेको समय र हवल्दार पनि चौकिमा पुगेको समय एउटै मिल्यो । यसले झन मनमा शंका उब्जीयो ।
घटना नं. ५
मसाज गरेर राती सुतेकी ती युवती २४ गते बिहान वेपत्ता थिईन् । रामसिंले भने । ‘विहान उठ्दा श्रीमतीले भनिन् छोरी त का गै ओछ्यानमा त छैन । बिहान ६ बजेको कुरा हो । पानि भर्न गई होलीन भनेर वास्ता गरिएन् । पछि खोज्दै जाँदा किशोरीले लगेको जार र लाम्लो चौकि नजिक भेटियो । छोरी हराइसकेपछि फेरी परिवारले चौकिमै खबर गर्यो । किशोरी घर नआएपछि परिवारले चौकिमा खबर गरेको थियो । प्रेमले भने, ‘छिमेकी, आफन्त इष्टमित्र सबैकोमा खोजी गर्यौ । तर छोरी कतै पनि भएको खुलेन । पछि हामिले चौकिमा खबर गर्यो । संका लागेर २५ गतेको दिन हवल्दारलाई नै दवाब दिन थाल्यौँ ।
घटना नं. ७
‘किशोरी हरायो भन्दै जानकारी गरेपछि चौकिमा पनि उथलपुथल माच्चियो । पछि हवल्दार नै एक्लै किशोरी खोज्न भनेर हिँडे । तर हवल्दार पनि भागेका रहेछन् ’ प्रेमले भने । २५ गते हवल्दार पनि चौकिबाट गायव भए । सोधि खोजी गर्दा उनी तल्लो घाटबाट तरेको जानकारी आयो । त्यसपछि हामी उनै हवल्दारले छोरी गायव गरेकोमा विस्वस्त भर्यौ ।
घटना नं. ८
हवल्दार चौकिबाट भागेपछि दुइजना सहयक हवलदार र प्रहरी जवानले उनलाई भाग्नमा मदत गरेको आरोप समेत परिवारको छ । हवल्दार भागेपछि दुवै जनाले उनको झोला लगायतको सामान सिमेन्टको थैलोमा हालेर आँधिबाटो पुर्याएको आरोप परिवारको छ । प्रेमले भने, छोरी खोज्न भनेर हिँडेका हवल्दार नै गायब भए । पछि हामीले भारतमा समेत फेन गर्यौ । उनको हुलिया दियौ । भारतीय एसएसबीको सहयोग र त्यहाँका स्थानीयको सहयोगमा हामीले हवल्दारलाई समात्न्न सफल भयौँ ।
हल्दारको मोबायलमा किशोरी संगका शंकास्पद फोटोहरु भेटिए
हवल्दारलाई समातिसकेपछि प्रेमले झटपट उनको मोवायल छिने । मोवायलमा केही प्रमाण पाइन्छ भनेर उनले हवरुल्दारको मोबायलमा छिनेको बताए । नेपाल आइसकेपछि प्रेममाथी सहायक हवल्दार र जवानले मोवायल खोस्न हातपात समेत गरे । तर उनीहरुले मोवायल खोस्न सकेनन् । उनले भने, ‘मोवायलमा केही प्रमाण भेटिन्छ कि भनेर मोवायल खोसे । मोवायलबाट थाहाभयो कि दुवैजनाको प्रेम सम्बन्ध रहेछ ।
हवल्दारको फोनमा किशोरीसंगका अस्लील तस्बीरह फेला परेका छन् ।
के छ आरोपित हवल्दारको बयान ?
प्रहरी हवलदार कृष्णराज जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए । उनले भने, “किशोरीका आफन्तले दिएका जाहोरी अनुसार प्रहरी हवलदारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । किशोरीको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।” आरोपित जोशीले असोज २५ गते बिहान किशोरीसँग भेट भएको स्वीकार गरे पनि त्यसपछिको अवस्थाबारे आफूलाई थाहा नभएको बताउँदै बयान दिएका छन् तर किशोरीका आफन्तले भने किशोरी बेपत्तामा जोशीकै हात रहेको आरोप लगाउँदै आएका छन् ।
प्रहरी हवलदार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् । किशोरीलाई बलात्कार गरी गायब पारेको समेत आसंका पैदा भएको छ । प्रहरी हवलदार जोशीले आफु विबाहित रहेको र पारिवारिक व्यवस्थापनका लागि केही दिन लाग्ने बताएपछि किशोरी पानी भर्न जान्छु भनेर हिँडेको र उतैबाट बेपत्ता भएको जोशीले प्रहरीसमक्ष बयान दिएका छन् । बेपत्ता किशोरीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली अहिले पनि पञ्चेश्वर लगायतका स्थानमा खटिएको छ । महाकाली नदी किनारलगायत सम्भावित स्थानमा खोजी गरिएको प्रहरीले जानकारी दिएको छ ।
अहिले हवल्दार जोशी निलम्बन भइसकेका छन् भने उनलाई पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ । किशोरी बेपत्ता भएको १२ दिन भइसकेको छ अझै उनको पत्ता लाग्न सकेको छैन् । परिवारले प्रहरी हवल्दारमाथी कडा कारबाहीको माग गरेका छन् । आफुहरु सुरक्षाकर्मीबाटै असुरक्षित भएको गुनासो गरेका छन् । छोरीको कि त शास कि लास हुनुपर्ने माग परिवारको छ ।
रामसिंले भने ‘हामी प्रहरीबाटै असुरक्षित बन्यौँ, हामीलाई छोरीको कि सास चाहियो कि त लास ।’ दिव्यास्त्र डट कमबाट