धनगढी: सेती महाकाली ट्रक ब्यवसायी सघंको अध्यक्षमा मोहन सिहं साउँद सहित उनको पुरै प्यानल बिजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनबाट साउँद सहित पुरै प्यानल निर्वाचित भएको हो । सघंको ९ औँ अधिवेशनबाट २ सय ६३ मत सहित साउँद अध्यक्षमा निर्वाचित भएका हुन् । साउँदका प्रतिद्वन्दी बिरेन्द्र बहादुर सिहंले ७४ मत मात्रै प्राप्त गरेका छन् । यस्तै बरिष्ठ उपाध्यक्षमा साउँद प्यानलकै योगेन्द्र बम २ सय ६३ मत सहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी टेक बहादुर देउवाले ७१ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा साउँद प्यानलकै रमेश प्रसाद बोहरा २ सय ३६ मत सहित बिजयी हुँदा प्रतिद्वन्दी सुरेन्द्र रावलले ९५ मत प्राप्त गरे ।
यस्तै महासचिवमा साउँद प्यानलकै धुब्रराज कार्की २ सय ३४ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी प्रेम बिष्टले ८७ मत प्राप्त गरे । सचिवमा साउँद प्यानलकै हरि सिहं महरा २ सय ६३ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी दिपकराज भट्टराइले ६७ मत प्राप्त गरे । सह कोषाध्यक्षमा साउँद प्यानलकै धन बहादुर साउँद २ सय २५ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दी राजेन्द्र बहादुर बमले १ सय २ मत प्राप्त गरे । सदस्यहरुमा महेस प्रसाद पनेरु, लोकेन्द्र बहादुर ऐरी, धर्मराज पडाल, कृष्ण सिहं भाट, डम्मर बहादुर बिष्ट, सुरज श्रेस्ठ, राम बहादुर बिष्ट, बिसाल चौधरी, दिपकराज भट्ट, प्रेम बहादुर रावल र आदर्श आचार्य बिजयी भएका छन् ।