धनगढी । बझाङमा सेती नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो सेती नदीमा हाम फालेकी अन्दाजी अन्दाजी २५ र २६ वर्षीय महिलाको मृत्यु भएको हो ।
चैनपुरमा रहेको बाहुलीगाड पक्की पुलबाट हाम फालेकी ती महिलाको तत्काल उद्दार गरिएको भएपनि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीले महिलाको सनाखत हुन बाँकी रहेको जनाएको छ ।