धनगढी: नेपाल रानाथारु समाजका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुले कार्यभार सम्हालेका छन् । नेपाल राना थारु समाजको सातौँ अधिवेशनबाट नव निर्वाचित टिमले एक कार्यक्रमका बिच कार्यभार सम्हालेको हो । आज एक कार्यक्रमका बिच नवनिर्वाचित अध्यक्ष कमल राना सहित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए । त्यस लगत्तै निवर्तमान अध्यक्ष कृपाराम रानाले नवनिर्वाचित अध्यक्ष कमल राना सहितको टिमलाई माइनट हस्तान्तरण गर्दै समाजको जिम्मेवारी सुम्पिएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनबाट समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना, उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना, भजना राना निर्वाचित भएका थिए । कोषाध्यक्षमा चन्द्रकिरण राना र सदस्यहरुमा अम्लेस राना, गोदावरी राना, दानसिंह राना, रमित राना, लालमणि राना, शिवचरण राना, सरिता राना, सामु राना निर्वाचित भएका थिए ।