धनगढी: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सुक्लाफँटा राष्ट्रिय निकुन्जमा रहेको कृष्णसार क्षेत्रको अवलोकन गरेका छन् । दशैँ विदामा गृह जिल्ला आएका प्रदेश प्रमुख भट्टले सुक्लाफँटा राष्ट्रिय निकुन्जमा रहेको कृष्णसार सरंक्षित क्षेत्रमा गई लोपोन्मुख कृष्णसारको अवलोकन गरेका हुन् । पर्यटकिय सम्भावना बोकेको सुक्लाफँटामा रहेका कृष्णसारको अवस्था बारे समेत भट्टले जानकारी लिएका छन् ।
भट्टले सुक्लाफँटा राष्ट्रिय निकुन्जमा कृस्णसार ल्याउँदाको स्थिती र हालको सख्यां बारे समेत जानकारी लिएका छन् ।
कृष्णसार पर्यटकको रोजाइमा पर्न सक्ने भन्दै भट्टले यसको सरंक्षणमा चासो ब्यक्त गरेका छन् । भट्टले शनिबारनै कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाको अवलोकन गरेका छन् । भट्टले दोधरा चाँदनी सुख्खा बन्दरगाह बन्ने स्थानको समेत अवलोकन गरेका छन् । यसका साथै महाकाली नदीमाथी रहेको दोधरा चाँदनी झोलुङ्गे पुलको अवलोकन गर्नुका साथै भरखरै निर्माण सम्पन्न भएको पक्की पुल बारे समेत उनले जानकारी लिएका छन् । बिभिन्न पर्यटकिय सम्भावना बोकेका क्षेत्रको अवलोकन गरेका भट्टले पर्यटन प्रबद्र्धनमा चासो ब्यक्त गरेका थिए ।
भट्ट सगैं दोधरा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बु, नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्द, प्रदेश सदस्य दामोदर रिजाल, कञ्चनपुर जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उप सचिव अशोक कुमार चन्द लगायत नेता र समाजसेवी दोधरा चाँदनी झोलुङ्गे पुल तथा सुख्खा बन्दरगाह बन्ने स्थानसम्म पुगेका थिए ।