धनगढी: कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद गरिएको छ । प्रहरीका अनुसार बिहीबार जिल्लाको कैलारी गाउँपालिका-८ लौँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार बराबरको चिनी र गाडी बरामद गरिएको हो । सुपप्र०१००१च३९५७ नम्बरको गाडीसहित ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले बरामद गरेको जनाएको छ । बरामद चिनी र गाडी कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.