बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका –४ मा रहेको नेपाल टेलिकम ९एनटीसी० को टावरमा तोडफोड गरिएको छ । अज्ञात समूहले टावरमा क्षति पु¥याउँदा एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ । खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले यही असोज २३ गते क्षति पु¥याएको थियो ।
रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका बासिन्दा समेत मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बन्चित भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेक्टर लोकेन्द्र सिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पु¥याउनेहरुको पहिचान नभएको र अनुसन्धान जारी रहेको बताए ।