धनगढी । कैलालीको अत्तरियाबाट ८ लाख बढीका मोबाइलका सामान बरामद गरिएको छ । आइतबार गोदावरी नगरपालिका – १ धनगढी रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार बराबरका एड्रोइड मोबाईलका कभर र आइफोन मोबाइलका ग्लास लगायतका सामानहरु बरामद गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा उक्त सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।