धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। चाडपर्वको समयमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। धनगढी उपमहानगरपालिका–७ बेली जंगलमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ९७३१ नम्बरको मोटरसाइकलले सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६३३८ नम्बरको अटोको पछाडीबाट ठक्कर दिँदा ४०, २३ र १७ वर्षीय गरेर तीन जना घाइते भएका छन्।
घाइते तीनै जनाको सेती प्रादेशिक अस्तालमा उपचार भइरहेको छ। उता गोदावरी नगरपालिका–१ पूर्वरोडस्थित सुदूरपश्चिम प्रदेश ०१००८ प १६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा २४ वर्षीय एक पुरुष घाइते भएका छन्। घाइतेको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
घोडाघोडी नगरपालिका–४ सिम्थरीमा से ६ प ५१९२ नम्बरको मोटरसाइकलले छाडापशुचौपाया ठक्कर दिँदा एउटा गाई मरेको छ भने ४३ वर्षीय एक जना घाइते भएका छन्। घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ। यता धनगढी उपमहानगरपािलका–७ जेपी चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१–००९ प ९४७८ नम्बरको मोटरसाइकलले छाडा गोरुलाई ठक्कर दिँदा ३० वर्षीय र २५ वर्षीय गरी २ जना घाइते भएका छन्।
दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै गोदावरी नगरपालिका–१ मनहेरा पुल नजिकै से ५ प ९७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना घाइते भएका छन्। घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट नजिक सुदूरपश्चिम प्रदेश ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पहिचान नखुलेका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ भने २ वर्षीया र १२ वर्षीया २ बालिका र ३२ वर्षीया एक महिला घाइते भएकी छन्।