धनगढी । बाजुरामा महिनावारी भएका महिलालाई गोरस दुध, दही र मही नदिने चलन कायमै रहेको छ । यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका बेला महिलालाई गोरस दुध, दही मही दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको छ ।
धामी झाँक्रीकै कारण गाउँमा आफू महिनावारी हुँदा दुध, दही र महीजस्ता पौष्टिक तत्त्व कहिल्यै पनि खान नपाएको बुढीगङ्गा नगरपालिका–१० बदेडाका स्थानीय सिता नेपालीले बताए ।
स्वास्थ्यकर्मीहरुले महिनावारी तथा सुत्केरी भएका बेला घरमा दुध, दही र महिजस्ता पोषिला तथा झोलिलो खानेकुरा खानुपर्छ, भन्नुभयो । यता घरमा भने आफूलाई महिनावारी भएका बेलामा त्यस्ता चिज कहिल्यै नदिने गरेको नेपालीले बताइन् ।
बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदलगायतका अधिकांश ठाउँमा महिनावारी भएका महिलालाई गोरस ९दुध, दही र मही० जस्ता पोषिला खानेकुरा खान दिँदैनन् ।
यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका महिलालाई दुध, दही र मही दिएपछि घरमा अनिष्ट हुने तथा गाईभैँसी नब्याउने भन्ने डर देखाउँदै आएकाले यहाँका स्थानीयले महिनावारी भएका बेला महिलालाई गोरस नदिने गरेका हुन् ।