बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं।–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा आजदेखि जात्रा शुरु भएका छ । उदयदेव मन्दिरमा हरेक बर्ष महाष्टमी र महानवमीका दिन जात्रा लाग्ने गर्दछ । उदयदेव मन्दिरमा आज महाष्टमी र भोलि महानवमी मानिएको मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताए । दिनगन्तीका हिसाबले नवरात्र उपासना गर्ने प्रचलन अनुसार आज महाष्टमी र भोलि महानवमी मानिएको उनले बताए ।
उदयदेव मन्दिरमा महाष्टमीको दिन राँगा बाध्ने र महानवमीको दिन राँगाको बलि दिने प्रचलन रही आएको पूजारी जोशीले बताए । यसै अनुसार भोलि महानवमीको दिन पशुबलिसहित जात्रा सम्पन्न हुने बताइएको छ । उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा भन्ने चलन रही आएको छ । मैतडको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।