कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गमा पर्ने वेदकोट नगरपालिका–७ को सुडामा शनिबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भीमदत्त नगरपालिका १८ का २३ वर्षीय भुवन भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । उनका अनुसार स्कुटर चालक खेम भट्ट घाइते छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
असार अन्तिम साताको बाढीले भत्काएको कल्भर्टमै स्कुटर दुर्घटना भएको हो । कल्भर्ट निर्माण नहुँदा उक्त क्षेत्रमा दुर्घटना बढेका छन् ।