बैतडी — सुदूरपश्चिमको पहाडी जिल्लाको खोड्पेमा विद्युतीय चार्जिङ् स्टेशन सञ्चालनमा आएको छ । सुदूरपहाडका तीन जिल्लालाई लक्षित गरी खोड्पेमा विद्युतीय गाडीहरुका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । सुदूरपहाडका बैतडीसहित दार्चुला र बझाङ जिल्लाका विद्युतीय सवारी साधनलाई मध्यनजर गर्दै होटेल हरिहर प्लाजामा विद्युतीय सवारी साधन चार्ज गर्ने चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।
तीन जिल्लाका लागि छुट्ने र ती जिल्लाहरुबाट बाहिरिने विद्युतीय सवारी साधनहरुलाई लक्षित गरेर चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक अर्जुन बिष्टले बताए । चौबिसै घण्टा विद्युतीय सवारी साधन चार्जको सुविधा रहेको जनाएको छ । पहाडी क्षेत्रमा पनि विद्युतीय सवारी साधनको संख्या बढ्दै गएकाले खोड्पेमा सञ्चालन भएको चार्जिङ स्टेशनले सहज हुने भएको छ ।