धनगढी: बिगत १० बर्षदेखी धनगढीको बुद्धचोकबाट थान तथा लेडिज कपडा सम्बन्धी सेवा दिदै आएको सिहं बस्त्रालयले जेन्स कपडाको बिक्रि वितरण सहित सेवा बिस्तार गरेको छ । असोज १७ गते घटस्थापनाको अवशरमा सेवा बिस्तार गर्दै सिहं इम्पेक्स फेन्सीको सुभारम्भ गरिएको छ । पुरुषका हरेक रेडिमेट कपडा उपलब्ध गराउने उद्देश्यले बिस्तार गरिएको सिहं इम्पेक्स फेन्सीको नेपाल उधोग बाणिज्य महासघंका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवरले उद्घाटन गरेका हुन् । पछिल्लो समय नेपालमा केही छैन भनेर निराशा बढिरहेका बेला आफ्नै लगानीमा सिहं इम्पेक्स फेन्सी सञ्चालन गरेको भन्दै कुँवरले धन्यवाद दिएका छन् । फेन्सीको सफलताको कामना गर्दै कुँवरले ब्यवसाय प्रबद्र्धनमा सहयोग गर्न अपिल गरे ।
युवाहरुको रोजाई रहने ३ सय ६५ ब्राण्डका हरेक कपडाहरु उपलब्ध रहेको सिहं इम्पेक्स फेन्सीमा हरेक किसिमका रेडिमेट कपडा उपलब्ध छन् । धनगढी बसपार्क, एल एन चोक लगायतका ठुला पसल भन्दा १५ प्रतिशत कम मुल्यमा कपडा उपलब्ध गराउने सञ्चालक दिनेश सिहंले बताएका छन् । ब्राण्डेड कपडा २५ प्रतिशत छुटमा बिक्रि गर्न थालेपछि बुद्धचोक, धनगढी गाउँ, क्याम्पसरोड लगायत नजिकका ग्राहक देखी धनगढीको चौराहा, भन्सार रोड, बसपार्क बाट समेत कपडा किन्न सिहं इम्पेक्स फेन्सीमा पुग्न थालेका छन् । सञ्चालक सिहंले बजार भन्दा भाडा कम तिर्नुपर्ने भएकाले कम मार्जिन राखेर ग्राहकहरुलाई बिषेश छुटमा त्रिक्रि गर्ने बताए । ग्राहकले खोजेको रेटमा कपडा पाइने उनले बताए ।