धनगढी: प्रहरीले कैलाली कञ्चनपुरबाट ११ लाख बढीको अबैध सामान बरामद बरामद गरेको छ । बुधबार कैलालीका धनगढी, कैलारी र कञ्चनपुरका भीमदत्त नगरपालिका र बेदकोटबाट उक्त भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिका – २ मिलन चोक र दिपटोल, धनगढी उपमहानगरपालिका –३ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका –३ मिलनचोक, धनगढी उपमहानगरपालिका – ७ मनेहरा, धनगढी उपमहानगरपालिका –८ धनगढीगाँउ, धनगढी उपमहानगरपालिका – ९ त्रीवेणीघाट र कैलारी गाउँपाकिला – १ बिशनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी ४ लाख ६७ हजार २५० रुपैयाँ बराबरको प्याज, चिनी, सुटपिस, कुर्ती, धोती, ब्लाउज, अण्डरवेयर, गन्जी, फ्रक, लेहेङगा, बुफर, जुत्ता, चप्पल, मोटरसाईकल लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – २ र ३ भाँसी, भीमदत्त नगरपालिका – ११ चौकीसत्ता र बेदकोट नगरपालिका – ७ लालपुबाट ५ लाख ५९ हजार ६९० रुपैयाँ बराबरको जुत्ता, चप्पल, रेकर्ड फायल, बेल्ड, पर्स, हार्डवेयर, किरना लगायतका सामानहरु बरामद गरिएको छ ।