धनगढी : कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका -१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा ९५ प९२५२ नम्बरको मोटरसाईकल ठोक्किदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्युु भएको बताए । उनकाअनुसार चौधरी से६ प६२७९ नम्बरको मोटरसाईकल र मल्ल बा ९५ प९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल पुगाइएको थियो । उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै, बा ९५ प९२५२ नम्बरको मोटरसाईकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका- ७ का २२ वर्षीया दिपक बोहोरा पनि घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।