कैलाली: कैलालीका किराना पसलहरुले अब अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने भएको छ । जुनसुकै किराना पसलले पनि अनिवार्य रुपमा मूल्यसूची राखेर मात्र कारोबार गर्न कैलाली उद्योग वाणिज्य संघले निर्णय नै गरेको छ । चाडपर्वको समयमा कुनै पनि सेवाग्राही मूल्यका कारण अलमलमा नपरुन् भनेर अनिवार्य मूल्यसूची राख्न भन्दै संघले सूचना जारी गरेको छ । व्यवसाय गर्दा सरकारी निकायमा दर्ता प्रमाणपत्र अनिवार्य रुपमा देखाएर राख्न पनि आग्रह गरिएको छ ।
दर्ता नभएका व्यवसायीलाई फुुटपाथमा व्यवसाय गर्न नमिल्ने, चाडपर्वको समयमा कुनै पनि सांस्कृति कार्यक्रम गर्दा ट्राफिकलाई व्यवस्थापन हुने गरी गर्ने र आफ्नो व्यवसायको फोहर आफैले व्यवस्थापन गर्नुपर्ने समेत कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले जारी गरेको सूचनामा उल्लेख छ । कहिकतैबाट नियमहरुको उलंघन भए त्यसको जवाफ संलग्न व्यवसायीले नै दिनुपर्ने समेत सूचनामा भनिएको छ ।