काठमाडौँ: वर्षाजन्य विपद्मा परेर १२५ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि आजसम्म विभिन्न जिल्लामा १२५ जनाको ज्यान गएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बाढी पहिरोमा ६४ जना अझै बेपत्ता छन् भने ६१ जना घाइते भएका छन् । बाढी पहिरोमा परी काठमाडौँमा ३९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा पाँच जनाको ज्यान गएको छ । काभ्रेमा १८ जना, सिन्धुपाल्चोकमा नौ जना, मकवानपुरमा सात जना, था पाँचथर र सोलुखुम्बुमा पाँचरपाँच जनाको ज्यान गएको छ ।
यस्तै बाढी र पहिरोमा परी काभ्रेमा २३ जना, ललितपुरमा १५ जना, काठमाडौँमा ६ जना, दोलखामा चार जना र पाँचथरमा पाँच जना बेपत्ता छन् । ३६ सय जनाभन्दा धेरैको उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म ३२२ वटा घर बगेका छन् ।