गोरखा — शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए । उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उनले बताए । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उनले भने । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको उनले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.