दार्चुला — दार्चुलाको गोकुलेश्वर क्षेत्रमा विद्युत प्रशारण लाइनको तार चुडिँदा दार्चुला र बैतडीमा अवरुद्ध भएको विद्युत सेवा १७ घण्टापछि सञ्चालनमा आएको छ । अत्तरिया ग्रीडको विशेष प्राविधिक टोलीले प्रसारण लाइन मर्मत गरेपछि शनिबार बिहान ९ बजेबाट अवरुद्ध विद्युत सेवा सञ्चालनमा आएको हो । नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड महाशाखा कार्यालय अन्तर्गतको १३२ केभी प्रसारण लाइनको तार चुडिँदा शुक्रबार साँझ करिब साढे ४ बजेदेखि दार्चुला र बैतडीको विद्युत सेवा अवरुद्ध भएको थियो ।
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर क्षेत्रमा प्रशारण लाइनको तार चुँडिएर बैतडी र दार्चुला जाने ३३ केभी लाइनमाथि पर्दा दुवै जिल्लामा विद्युत सेवा अवरुद्ध भएको थियो ।