धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले संगठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्ष्तामा असोज ८ र ९ गते धनगढीमा बसेको प्रदेश समितिको पाँचौ पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले आगामी मंसिर १० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण गरिसक्ने, मंसिर ११ गते कैलाली र कञ्चनपुरका सबै वडामा सम्मेलन गर्ने र डोटी,डडेल्धुरा,अछाम,बाजुरा,बझाङ,बैतडी र दार्चुलामा मंसिर ११ देखि १७ गतेसम्म वडा सम्मेलन सम्पन्न गरिसक्ने निर्णय गरेको प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।
बैठकमा प्रदेश समिति सदस्यहरुलाई वडामा नेतृत्व गर्ने गरि जिम्मेवारी बाँडफाँड गरिएको बताउँदै उनले बैठकमा ६३ जनाले पार्टीको योजना केन्द्रीत भएर सुझाव पेस गरेको बताए । बैठकमा माओवादी केन्द्रका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले निर्देशनात्मक मन्तव्य व्यक्त गरेका थिए