धनगढी: कैलालीमा बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका-७ कम्दा बस्ने ८४ वर्ष हर्कबहादुर बम रहेका छन् । प्रहरीका अनुसार सोमबार साँझ गौरीगंगा-९ मसुरियास्थित भित्री सडकखण्डमा सुपप्र०१००१ क २४६४ नम्बरको बसले बमलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारको लागि स्थानीय मेडिकल मसुरिया हुँदै निसर्ग अस्पताल धनगढी लगिएकोमा सोमबार राति नै उपचारको क्रममा मृत्यु भएको हो ।
बस र चालक गौरीगंगा-९ बस्ने ४५ वर्षका नारायणबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।