धनगढी: कञ्चनपुरमा १६ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार बिहान भीमदत्त नगरपालिका-१० सुकासालमा ४२ वर्षका करन चन्दको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा चन्दसहित ६ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई नगद ४२ हजार ७७० रुपैयाँ र १० गड्डी ताससहित पक्राउ गरेको हो ।
त्यस्तै, मंगलबार बिहान नै वेदकोट नगरपालिका-५ धरमपुरमा राजेन्द्र बोहराको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४४ वर्षीय जयबहादुर बोहरासहित १० जना पक्राउ परेका प्रहीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई नगद २३ हजार १०५ रुपैयाँ र १० गड्डी ताससहित पक्राउ गरेको जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।