धनगढी: कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएका छन । कैलालीको धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा, बडहरा र त्रिनगर, धनगढी उपमहानगरपालिका – ९ त्रीवेणीघाट, टीकापुर नगरपालिका – ९ बालुवाटार, बर्दगोरिया गाउँपालिका –१ टिनबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख २८ हजार ३४२ रुपैयाँ बराबर सामान बरामद गरिएको छ । जसअन्तरग प्याज, चिनी, मसला, बिडी, सुर्ती, सरप, बदाम, किसमिस, नरिवल धुलो, मिठाई, मिलको चक्का ,मिलको बेल्ट, मोबिल, मोबिल फिल्टर, ट्याक्टरका पार्ट लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका – ६ “ङ” गाउँ र बेलौरी नगरपालिका – ५ रामनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका ३४ हजार ६ सय बराबरका सामान बरामद गरिएको छ । जसअन्तरगत पेय पदार्थ, बिडी, सुर्ती, अण्डा, सुटपिस, कुखुराको चल्ला लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।