धनगढी: नेपाल लोकतान्त्रिक खेलकुद सघं सुदुरपश्चिम प्रदेशले धनगढीमा आत्मरक्षा तालिम शुरु गरेको छ । कैलालीका बिभिन्न बिद्यालयमा अध्यायनरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको हो । केआइएफ कुरोदय सेल्प डिफेन्स मार्सलआर्टस् सघंको सहयोगमा तालिम शुरु भएको हो । धनगढी स्थित निर्माण ब्यवसायी सघंको सभा हलमा तालिम शुरु गरिएको हो । बिभिन्न स्कुलमा अध्यायनरत १ सय ५० जना किशोरीहरुको नाम सिफारिश भएको नेपाल लोकतान्त्रिक खेलकुद सघं सुदुरपश्चिमका अध्यक्ष तथा प्रमुख प्रशिक्षक सुरेन्द्र सिहं बिष्टले बताए । ३ दिनसम्म चल्ने तालिमबाट ३० जना किशोरीहरुलाई छनौट गरी उनिहरुलाई प्रशिक्षकका रुपमा तयार पार्ने योजना बनाइएको छ । हामी ३ दिनको प्रशिक्षणबाट ३० जना किशोरीहरुलाई छनौट गर्छौँ बिष्टले भने “३० जनालाई एक महिना तालिम दिएर प्रशिक्षक तयार गर्ने छौँ र उहाँहरुले सुदुरपश्चिमका ९ वटै जिल्लामा गएर आत्मरक्षा तालिम दिनुहुने छ ।”
बिभिन्न स्कुलमा अध्यायनरत छात्राहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको बिष्टले बताए । महिला तथा बालबालिकाहरुलाई समाजमा हुने बिभिन्न हत्या, हिसां, बलात्कार लगायत अपराधिक क्रियाकलापबाट जोगाउनुनै तालिमको मुख्य उद्देश्य रहेको उनले बताए । घटना न्युनिकरणका लागी ब्यवहारिक र सैद्धान्तिक ज्ञान दिइने उनले बताए ।