धनगढी: नेकपा माओवादी केन्द्र सुदुरपश्चिमका उप नेता अक्कल बहादुर रावलले पहाडमा छुटै प्रदेशको माग गरेका छन् । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले बजेटले सन्तुलन गुमाएको भन्दै पहाडका जिल्ला मिलाएर छुटै प्रदेशको माग गरेका हुन । ‘कैलाली कञ्चनपुरको छुटै राज्य बनाउनुहोस्, जुन थारुहरूको पनि माग छ । अब पहाडको पनि छुटै राज्य चाहिन्छ’ उनले भने ‘पहाडका कुना काप्चामा विकास गर्न कति पैसा लाग्छ । त्यहाँ पनि विकास चाहिन्छ नागरिकलाई । अब हामीले बोल्नुपर्ने हुन्छ । कैलाली कञ्चनपुरमा सरकार एकै हुने पहाडमा बजेट चाहिँदैन रु विकास चाहिँदैन रु मन्त्री भएपछि आफ्नो क्षेत्र बाहेक अरू नहेर्ने ?’
उनले बजेट पूर्ण रूपमा गलत भएको बताउँदै बजेट ल्याउने सिस्टम पनि गलत भएको बताए । उनले सुदूरपश्चिमको अहिलेको सरकार ढँटुवा सरकार भएको बताए । उनले एउटा कुरा गरेर अर्को किसिमको बजेट ल्याएको बताए ।