धनगढी: नेपाली काग्रेंसका प्रवक्ता प्रकाश सरण महतले राष्टिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने आफ्नो पक्षमा भिड जमा गर्न बिभिन्न पर्पोगण्डा अपनाइरहेको टिप्पणी गरेका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले बिभिन्न प्रपोगण्डा गरेरे कालोलाई सेतो बनाउन लामिछाने लागिरहेको बताएका हुन् । यसरी सहकारी ठगी पुस्टी हुने खालको प्रतिवेदन आइसक्दा शिर निहुरिनुपर्नेमा झन क्लिन चिट पाए भनेर हिन्नु गलत रहेको महतको तर्क छ । सहकारी उच्च स्तरिय छानबिन समितिले गोरखा मिडियाको सम्पुर्ण खर्च सहकारीको पैँसाले चलेको प्रतिवेदन सार्वजनिक गरिसक्दा समेत क्लिन चिट पाए भन्नु मुर्खता रहेको उनले बताए ।
रबि लामिछाने सहित ४ जनाकै सिफारिशमा सहकारीको रकम गोरखा मिडियामा आएको प्रस्ट भएर समितिले उनि सहित ४ जनालाई कार्वाहीका लागी सिफारिश गरिसकेको उनले बताए । सहकारीको रकम लिएर प्रबन्ध निर्देशकले पैँसा कहाँबाट आयो थाहा छैन भन्नु गलत रहेको तर्क गर्दै चर्को भाषणले आफुलाई चोख्याउन खोजेर नचोखिने उनको तर्क थियो । यसमा सहकारी ऐन र सगंठित अपराध सहित ४ वटा मुद्धा आकर्षित हुने भन्दै प्रतिवेदनमाथी सरकारले आवश्यक अनुसन्धान सहित कार्वाही प्रक्रिया अगाडी बढाउने महतले बताए । प्रतिवेदनले लामिछाने दोशी रहेको बताइसक्दा उनिहरुले जनतालाई भ्रमित पारेर दिउँसै रात पार्न खोजेको उनले बताए ।
प्रवक्ता महतले सरकार बन्यो की अब ढल्छ भन्ने सधैँको हल्ला अहिलेपनि चलेको बताए । देशमा देखिएको अस्थिरता रोक्न दुई ठुला दल मिलेर बनेको सरकार कुनै कारण नढल्ने दावी गर्दै उनले बर्तमान समिकरणबाटै शेर बहादुर देउवा करिब दुई बर्ष पछि प्रधानमन्त्री बन्ने बताए । न्युनतम साझा कार्यक्रम समेत आपसी समझदारीबाट आएको बताउँदै उनले यो समिकरण निरन्तरताको बिकल्प नरहेको बताए । प्रवक्ता महतले गेटा मेडिकल कलेजको अवधारणालाई यहाँकै जनताले बिश्वबिद्यालय माग गरेपछि ढिलाई भएको बताए । गेटामा मेडिकल कलेज बनाउने गरी काम अगाडी बढ्दा बिश्वबिद्यालय बनाउन दवाव आएपछि सोही अनुसार नयाँ प्रक्रिया शुरु भएको बताउँदै उनले नयाँ प्रक्रिया शुरु गर्दा स्वभासवक ढिलाई हुने दावी गरे ।