धनगढी । बैतडीको मेलौली नगरपालिकामै बन्ने भनिएको औद्योगिक ग्राम निर्माणको काम छ वर्षदेखि अलपत्र परेको छ । औद्योगिक ग्राम निर्माण हुने स्थानमा फलाम खानी, चुनढुङ्गा र तामाको खानी रहेको छ ।
मेलौली नगरपालिका १, ३, ५ र ६ नम्बर वडा जोड्ने गरेर कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले स्थान छनोट गरे पनि निर्माणको काम नहुँदा औद्योगिक ग्राम अलपत्र परेको हो ।
निर्वाचनका बेलामा मात्रै औद्योगिक ग्रामको मुद्दा उठ्ने गरेको मेलौली नगरपालिकाका स्थानीय चिन्तामणि भट्टले बताए । भएको सुती कपडा उद्योग सञ्चालन गर्न नसकेका बेला औद्योगिक ग्राम सञ्चालन हुनेमा स्थानीयवासी ढुक्क छैनन् । चुनावका बेला मात्रै औद्योगिक ग्रामको कुरा उठ्ने गरेको उनले बताए ।
औद्योगिक ग्रामनजिकै फलामबाहेक यहाँ नेपाली कागज बनाउने लोक्ता, बाँस–निगालो, केतकी, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिट्ठा, अमलालगायतको बहुमूल्य खानी रहेको स्थानीयवासीसमेत रहनुभएका संविधान सभा सदस्य पुरनसिंह दयालले बताए ।
औद्योगिक ग्राम स्थापनाका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन तयार गरे पनि काम अघि बढाउन बजेट नभएका कारण समस्या भइरहेको मेलौली नगरपालिकामा प्रमुख चन्दले बताए ।