धनगढी: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत बरिष्ठ न्युरो सर्जन डाक्टर हरि पौडेललाई बिभुषित हुने भएका छन् । शिक्षा दिवशको अवशरमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले डाक्टर पौडेललाई बिभुषित गर्ने निर्णय गरेको हो । न्युरो सर्जरी बिषयमा एमसि.एच गरेका उनलाई शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले नेपाल बिद्याभुषण (क) बिभुषित गर्न लागेको हो । मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको थियो । मन्त्रालयबाट बिभुषित हुनेमा डक्टर पौडेलको नामपनि समावेश गरिएको छ ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट बिभुषित हुने ब्यक्तीहरुको नाम सार्वजनिक भए सगैं डाक्टर पौडेलले खुशी ब्यक्त गरेका छन् । आफुले प्राप्त गरेको शिक्षा र अनुभवको सम्मान गर्दै नेपाल सरकारबाट बिभुषित हुन पाउँदा निकै खुशी लागेको डक्टर पौडेलले स्टेटसेभेनलाई बताए । विद्या भूषण ‘ख’ प्राप्त गर्ने ३५ जना र ‘ग’ प्राप्त गर्ने २१ जनाको नाम मन्त्रालयले सार्वजनिक गरेको छ ।
पछिल्ला ३ वर्ष रोकिएको शिक्षा दिवस सरकारले यो वर्षदेखि फेरि मनाउन सुरु गरेको हो । शिक्षा दिवसको अवसरमा सरकारले नेपाल विद्या भूषण, नेपाल छात्रा पदकलगायत शिक्षातर्फका विभिन्न पदक र भूषणका लागि नाम घोषणा गरेको छ । तर, उनीहरुले कहिले पाउँछन्, त्यसको टुंगो छैन । मन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘राष्ट्रिय शिक्षा दिवस ०८० र राष्ट्रिय शिक्षा दिवस ०८१ का अवसरमा घोषणा भएका नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा विद्यापदक लगायत उच्च शिक्षातर्फ व्यक्तिले प्राप्त गर्ने पुरस्कार तथा प्रमाणपत्र वितरण सम्बन्धमा पछि थप सूचना सार्वजनिक हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’