धनगढी: उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिहंले वास्तविकतामा नगइ स्वतन्त्रता छ भन्दैमा केही भएन भन्ने भास्य श्रृजना गरिएको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवशलाई सम्बोधन गर्दै सिहंले बिकासै भएन भनेर सामाजिक सञ्जालमा लेख्ने र भन्ने कुरा गलत भएको बताएका हुन् । केही काम भएन भनेर तपाइहरु सामाजिक सञ्जालमा लेख्नुहुन्छ उनले भने “वास्तविक केही नभएको हो र, तपाइहरु आजभोलीका युवा युवतीहरु २०४२ सालमा धनगढी कस्तो थियो भनेर एक पटक आमा बुवा अथवा बाजे बज्यैलाई सोध्नु होला, अनी के भएको रहेछ भनेर वास्तविक थाहा पाउनुहुन्छ ।” आटँ गरे धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण धनगढी बनेको उनले बताए । धनगढी उपमहानगरपालिकाले हरघडी नगर प्रहरी, शव चिस्यान सेवा, शव वाहन, वडा स्वास्थ्य क्लिनिक लगायतका जनमुखी कामले अन्य स्थानिय तहलाई समेत प्रेरणा मिल्ने उनको भनाई थियो ।
सिहंले राजनितिक स्थिरताका लागी दुई ठुला पार्टी मिलेको बताएका छन् । उनले महिनै पिच्छे सरकार फेरिने अवस्थालाई अन्त्य गर्न दुई ठुला दल मिलेको बताएका हुन् । पछिल्लो २०७९ सालको निर्वाचनपछि देशमा राजनितिक अस्थिरता देखिएकाले त्यसको अन्त्य गर्न ठुला दल मिल्नु परेको सिहंले बताए । सरकारनै दिगो नबन्दा बिकास निर्माणका काम समेत प्रभावित हुने भएकाले यि सबै कुरालाई मध्यनजर गर्दै ठुला दल मिलेर स्थिरता दिन खोजेको उनले बताए । सरकारनै अस्थिर हुँदा जनतामा निरासा बढेको सिहंले बताए । बर्तमान सरकारले थुपै्र आशा जगाउने काम गरिरहेको बताउँदै सिहंले जनतामा आश पनि पलाएको दावी गरे ।
सबिंधान ससांंधन गरेर गणतन्त्रबाट प्राप्त अधिकार समेत खोस्न लागिएको भन्ने हल्ला चलाइएको भन्दै सिहंले असन्तुस्टी पोखे । सघिंय लोकतान्त्रीक गणतन्त्र सहितको सबिंधाले दिएका अधिकार नखोसिने सिहंको भनाई छ । काग्रेंस, एमालेकै नेतृत्वमा आएको सबिंधानमा आवश्यक्ता बमोजिम ससोंधन गरिने उनको भनाई छ । सबिंधान ससोंधनबाट कसैका अधिकार नखोसिने उनको भनाई छ ।
सिहंले स्वतन्त्रता भन्दैमा पछिल्लो समय नेपालमा केही भएन भन्नु गलत रहेको बताए ।