धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ । नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र मार्फद छनौट भएको छ । मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुन गै रहेको एनपीएलको पहिलो संस्करणका लागि सुदूरपश्चिम प्रदेश टिमको क्याप्टेनमा स्ट्रार क्रिकेटर सुदूरपश्चिमकै चेला दिपेन्द्र सिंह ऐरी लक्की ड्र मार्फद छानिएका छन ।
नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो । जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।
मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। छनौट गरेको मार्की खेलाडीले ३ बर्ष सम्म खेल्नु पर्ने हुन्छ भने टिमबाट रिलिज गर्ने अधिकार फ्रेन्चाईज टिमको हुने र क्यानसँग समन्वय गरी टिलिज गर्न सकिने जानकारी नेपाल क्रिकेट संघका सदस्य धिरेन्द्र साउदले बताएका छन ।