कञ्चनपुर — महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका(१२ ऐरी नजिकै दाउरा निकाल्ने क्रममा शनिबार बिहान दुई किशोर बगेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाका अनुसार १८ वर्षीय सौरभ दमाई र १५ वर्षीय अभि दमाई नदीमा बगेका थिए । सौरभको शव भेटिएको उनले बताए । अभिको खोजी भइरहेको छ ।
महाकाली नदीमा बाढीले बगाएर ल्याएका संकलनका लागि स्थानीय नदी किनारमा जाने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा पानीको बहाव घटिरहेको छ । शनिबार दिउँसोका मापन अनुसार पानीको बहाव २ लाख क्युसेक पुगेको छ । शुक्रबार पानीको वहाव ४ लाख ६१ हजार क्युसेक पुगेको थियो ।
दाउरा निकाल्ने क्रममा महाकाली नदीमा बगे दुई किशोर
दाउरा निकाल्ने क्रममा महाकाली नदीमा बगे दुई किशोर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु