धनगढी । सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले धनगढी विमानस्लथको गेटको दुबैतिर सरकार र नेताहरुको ध्यानाकर्षण हुने गरी ‘गेटामा मेडिकल शिक्षाको पढाई कहिले देखि हुन्छ ? भन्ने नारा सहित बोर्ड टाँस गरेको छ ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा धनगढी अत्तरियाका युवाहरुले ६ लेन सडकबाट धनगढी विमानस्थल जाने मूल गेटको दुबैतिर यस्तो बोर्ड टाँस गरेका हुन । ‘संघीय सरकारका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री र नेताहरु यही बाटो आउने जाने गरेका तर गेटाका बारेमा बेवास्ता गरेको पाइएकाले उनीहरुको ध्यानाकर्षण होस भनेर बोर्ड टाँस गरेका हौं’ संघर्ष समितिका संयोजक पाण्डेले भने ।
शुक्रबार मात्रै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पार्टीको सुदूरपश्चिम स्तरीय प्रशिक्षणका लागि धनगढी आईरहेका छन । केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि धनगढीको सभागृह उद्घाटनका लागि धनगढी आउने कार्यक्रम रहेको छ ।
‘हामीले ती नेतृत्वमा बसेकाहरुले कम्तिमा पनि त्यो ब्यानर हेरुन, यस क्षेत्रको मेडिकल शिक्षा र स्वास्थ्य सेवाको अवस्था बुुझून भनेर बोर्ड टाँस गरेका हौं संयोजक पाण्डेले भने ।
बोर्डमा सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक २०८० संसदको चालु अधिवेशनबाटै पारित गर, ६ सय शैया क्षमताको अस्पताल भवनमा कम्तीमा पनि ३ सय शैयाको अवस्पताल घोषणा गर, सुदूरपश्चिममै मेडिकल शिक्षा कहिलेदेखि पढन पाउने रु, तत्काल गेटामा मेडिकल शिक्षाको पढाई हुने ब्यवस्था गर, सुदूरपश्चिममा मात्र मेडिकल शिक्षाको अध्यापन नहुनुको दोष कसलाई दिने रु जस्ता नारा लेखिएका छन ।