धनगढी । नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले धनगढीका विपन्न श्रमिक परिवारलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम संचालन गरेको छ । श्रमिक परिवारलाई सिपको माध्यम द्धारा आत्मनिर्भर वनाउन कांग्रेसले १५ दिने तरकारी खेती र ३ महिने हेयरकटिङ् तालिम संचालन गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्यि समिति र जापानको श्रमिक संगठनको सहयोगमा आज धनगढी १७ को पथरी र ७ को मनेहरामा तालिम दिएको हो । तरकारि खेतीमा २० र हेयरकटिङ् तालिममा १० जनाको सहभागिता रहेको नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका अध्यक्ष सुरत बहादुर स्वारले जानकारी दिए ।
तरकारी खेतिको लागी प्रशिक्षक कृर्षिबिज्ञ रामचरण चौधरी र हेयरकटिङ् तालिमको लागी प्रशिक्षक गोपाल चौधरी रहेको उनले वताए । कार्यक्रममा प्रमुख अतिथी नोपली कांग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वड, विशिष्ट अतिथिमा नेपाल ट्रेड युनियन कांग्रेसका सुदुरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र बहादुर शाह रहेका थिए ।
स्वागत मन्तब्य नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका उपाध्यक्ष मोती कुँवरले गरेका थिए, धनगढी उपमहानगरपालिका १७ का वडा अध्यक्ष माधब राना र नेपाल पर्यटन होटल श्रमिक संघका केन्द्रिय सदस्य हर्ष राना ,नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका वरिष्ठ उपाध्यक्ष तेजराज भट्टले मन्तब्य राखेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका सचिव डवल बमले संचालन गरेको सो कार्यक्रममा सभापति नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका अध्यक्ष सुरत बहादुर स्वार रहेका थिए ।