धनगढी । अछामको चौरपाटी गाउँपालिकामा न्यून गुणस्तर भएका मदिरा खोल्नेरनखोल्नेबारे छलफल भएको छ । गाउँपालिकाले बोलाएको सर्वदलीय बैठकमा आइतबार प्रतिबन्ध लगाइएको न्यून गुणस्तर भएका मदिराबारे छलफल भएको हो ।
सो सर्वदलीय बैठकमा सहभागीहरुको मिश्रित धारणा आएको बताइएको छ । अधिकांश सहभागीहरुले मदिरा खोल्न पर्ने भन्दै धारणा राखेका थिए भने केहीले मदिरा बिक्रिवितरणमा थप कडाइ गर्नु पर्ने धारणा राखेको सहभागीहरुले बताएका छन् ।
सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, मदिरा व्यापारी लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । राजनितिक दलका प्रतिनिधिले न्यून गुणस्तर भएका मदिरा खोल्नु पर्ने धारणा राखे पनि हस्ताक्षर गर्न भने मानेका छैनन् ।
गाउँपालिका भित्रका मदिरा व्यवसायीले मदिरा खोल्नु पर्ने चर्को दबाब दिइरहेको स्रोत बताउँछ । आजको सर्वदलीय बैठकमा कांग्रेस र नेकपा एमालले मदिरा नखोल्ने अडान लिएका छन् भने नेकपा माओवादीले कि पुरै खोल्नु पर्ने नभए बन्द गर्नुपर्ने धारणा राखेको छ । नेकपा एकीकृत समाजवादीले पनि दोधारे धारणा राखेको बताइएको छ ।