धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले एक बर्षमा फोहर बिक्री गरेर ५ लाख भन्दा बढी राम्दानी गरेको छ ।
एक लाख २२ हजार किलोग्राम फोहर बिक्री गरेर अस्पतालले आर्थिक वर्ष २०८० र ८१ मा उक्त आम्दानी गरेको हो। अस्पतालले गत आर्थिक वर्ष वर्गीकरण गरिएको फोहर बिक्रीबाट पाँच लाख ४६ हजार ९ सय ६ रुपैयाँ आम्दानी गरेको थियो ।
गत वर्षको साउन महिनामा ९ हजार तीन ५६ दशमलव २४ किलोग्राम फोहर बिक्री गरेको थियो। सो महिना ५६ हजार २३ रुपैयाँ आम्दानी भएको थियो। गत वर्षको साउन महिनामा जोखिमयुक्त फोहर पाँच हजार ४७१ दशमलव ८४ किलोग्राम बिक्री गरिएको थियो।
अस्पताल प्रशासनका अनुसार तीन हजार ८८४ दशमलव ४ किलोग्राम जोखिम नभएको फोहर बिक्री गरिएको छ। अस्पतालले दिएको प्रतिवेदन अनुसार गत वर्षको भदौमा जोखिमयुक्त फोहर दुई हजार ९६३ किलोग्राम र जोखिम नभएको फोहोर पाँच हजार २६५ किलोग्राम बिक्री गरिएको छ। भदौमा फोहर बिक्रीबाट अस्पतालले ४४ हजार ८६५ रुपैयाँ आम्दानी गरेको छ।
असोजमा १२ हजार दुई सय ९४ किलोग्राम फोहर बिक्रीबाट ४८ हजार ६९२, कात्तिकमा ९ हजार दुई सय ५६ किलोग्राम फोहर बिक्रीबाट ३७ हजार ४९७, मंसिरमा ९ हजार पाँच सय ५६ किलोग्राम फोहर बिक्रीबाट ४० हजार दुई सय ९९, पुसमा ११ हजार ४० किलोग्राम फोहर बिक्रीबाट ३९ हजार १२२, माघमा ८ हजार ७७१ किलोग्राम फोहर बिक्रीबाट ४९ हजार तीन सय १६ रुपैयाँ, फागुनमा ९ लाख ६ हजार २५ किलोग्राम फोहर बिक्रीबाट ४७ हजार दुई सय १० रुपैयाँ आम्दानी भएको छ।
यस्तै, चैत महिनामा १० हजार पाँच सय ३८ किलोग्राम फोहर बिक्रीबाट ४४ हजार तीन सय ४१ रुपैयाँ आम्दानी भएको छ। बैशाख महिनामा ११ हजार १३९ किलोग्राम फोहर बिक्रीबाट ३९ हजार २९० रुपैयाँ आम्दानी गरेको छ। जेठ महिनामा ९ हजार ६ सय ९९ किलोग्राम फोहर बिक्री गरेको छ।गत वर्षको जेठमा ५५ हजार एक सय सात रुपैयाँ फोहर बिक्रीबाट अस्पतालले आम्दानी गरेको तथ्याङ्क छ। गत वर्षको असारमा १२ हजार पाँच सय २६ किलोग्राम फोहर बिक्री गरेर ४५ हजार १४२ रुपैयाँ आम्दानी गरेको छ। वार्षिक ठेक्कामार्फत अस्पतालबाट उत्पादन भएको फोहर पुनः प्रयोगका लागि बिक्री गर्ने गरेको छ।