धनगढी । कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर एक किशोरी बेपत्ता भएकी छन् भने उद्धार गरिएका एकको अवस्था गम्भीर छ।
धनगढी उपमहानगरपालिका–७ र १५ को सिमानामा पर्ने बेली पुल नजिक नुहाउने क्रममा धनगढी उपमहानगरपालिका–१४ जी गाउँका महादेव अवस्थीका दुई छोरी डुबेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नदीमा डुबेर १६ वर्षीया जेनिशा अवस्थी बेपत्ता भएको छ । १४ वर्षीया सवि अवस्थीलाई भने स्थानीयको सहयोगमा प्रहरीले पानीबाट निकालेर उपचारको लागि धनगढी पठाइएको हो । सविको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।