बैतडी: बैतडीमा ट्रकमा अवैध सामान भेटिएको छ । बिहीबार राति सुपप्र ०१००१ ख ३५१० नम्बरको ट्रकमा मेलौली नगरपालिका७ काँडा बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख ४४ हजार मूल्य बराबरको सामान भेटिएको हो ।
१६०० केजी ३२ बोरा प्रतिबोरा ५० केजीका दरले चिनीसहित चालक पञ्चेश्वर गाउँपालिका३ बस्ने ४८ वर्षका दामोदर कलौनीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तल्लदेहि, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा चिनी फेला पारी आवश्यक प्रकृया पूरा गरी ट्रक, चिनी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।