कञ्चनपुर: सशस्त्र प्रहरीले कञ्चनपुरबाट एकै दिन ५९ लाख बढी मूल्यको भन्सार छलीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जिल्लाको भीमदत्त नगरपालिका–३, भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनीयरिङ्ग अटो वर्कसप पछाडीबाट ५९ लाख १८ हजार २ सय मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो । केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट खगेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको ११ जना र बिओपि जिमुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइएको सामान बेवारिसे अवस्थामा बरामद गरेको हो ।
बरामद भएको सामान सशस्त्र प्रहरीले कञ्चनपुर भन्सार कार्यालय गड्डाचाकीलाई बुझाएको जनाएको छ । बरामद भएको सामानमा ठूलो मात्रमा मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्र्स, कपडा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।