धनगढी: धनगढीमा भोली (आइतबार) गाईजात्रा लाग्ने भएको छ । खिखर आट्स प्रालीको आयोजनामा गाईजात्रा लाग्ने भएको हो । धनगढीको एस.टि.एस सिनेमा हलमा गाईजात्रा लाग्ने संयोजक सरस्वती खड्काले बताइन् । बिगतमा समेत गरिदै आएको गाईजात्रा यस पटक फरक शैलीमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, वडा अध्यक्ष, सदस्य लगायतको बिषिस्ट ब्यक्तीहरु सहित गाईजात्रा कार्यक्रम आयोजना गरिन लागेको उनले बताइन् ।
भोलि साँझ ५ बजेदेखि ८ बजे सम्म सञ्चालन हुने सो का लागि टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ । गाईजात्रा सोमा राजनीति अस्थिरता, भाषा, कला, संस्कृति, विकृति, विसङ्गति लगायतका विभिन्न समसामयिक विषयवस्तु समेटिएको गाईजात्रा निर्देशक दीर्घ शाहीले बताए । जसका माध्यमबाट दर्शकलाई वर्तमान समाजका विविध पक्षहरूको चित्रण प्रस्तुत गर्ने उद्देश्य रहेको उनले बताए । कार्यक्रममा शिर्ष नेता प्रधानमन्त्री केपी सर्मा ओली, काग्रेंस सभापति शेर बहादुर देउवा, सुदुरपश्चिमका मुख्यमन्त्री कमल शाह लगायतको क्यारिकेचर सहित बर्तमान देशको स्थिती बारे ब्यग्यं समेत गरिने उनले बताए ।
पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त शो को टेलर पनि सार्वजनिक गरिएको थियो । गाईजात्रा हेर्न सबैलाई आउन सिखर आट्स प्रा.लीका प्रबन्धक निर्देशक राजकुमार जोशीले आग्रह गरे । यसले समाजका विभिन्न पक्षहरूको चित्रण गर्ने र सकारात्मक सन्देश प्रवाह गर्ने उनको बिश्वास छ ।