धनगढी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।
मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सफा छ ।
कोशी प्रदेशका एकरदुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एकरदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एकरदुई स्थानमा धेरै भारी वर्षा हुने पनि महाशाखाले पूर्वानुमान गरेको छ ।