धनगढी: १६ भदौमा काठमाडौंमा सुरु हुने महिला फुटबल लिगका लागी सुदुरपश्चिमबाट नयाँ टिम जान लागेपछि विवाद शुरु भएको छ । गत जेठमा सुर्खेतमा सम्पन्न ए डिभिजन छनौट प्रतियोगितामा सहभागी भएका खेलाडी छोडेर नयाँ खेलाडीलाई लिगका लागी तयार गरेपछि सुदुरपश्चिमको फुटवलमा बिवाद देखिएको हो । फुटवल सघं सुदुरपश्चिमले कुनै प्रलोभनमा परेर नयाँ र जुनियर खेलाडी लिएको भन्दै छनौट खेलमा सहभागी खेलाडीहरु रुस्ट छन् ।
भदौ १६ देखी काठमाण्डौँमा हुने महिला फुटबल लिगका लागी गत जेठमा छनौट प्रतियोगिता सम्पन्न भएको थियो । सुर्खेतमा सम्पन्न छनौट प्रतियोगितामा सुदुरपश्चिमले दोश्रो स्थान प्राप्त गर्दै लिगका लागी छनौट भएको थियो । ७ प्रदेशबाट ३ टिम लिगका लागी छनौट भएका थिए । सोही छनौटपछि लिगको तयारी स्वरुप प्रशिक्षणमा रहेका खेलाडीहरु अन्तिम समयमा आएर लिग खेल्नबाट बन्चित भएका हुन् । लिग भन्दा तिन दिन अघी मात्रै फुटवल सघं सुदुरपश्चिमले छनौट भएका खेलाडी बाहेकलाई समेटेर टिम पठाएको छ । काठमाडौं जानुपर्ने अघिल्लो दिन खेलाडीहरुले प्रशिक्षक परिवर्तन गर्न नहुने र सबै खेलाडी काठमाडौं जान पाउनुपर्ने माग गरेपछि विवाद फुटवल सघंले नयाँ खेलाडी छनौट गरेर पठाएको हो । धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङबाट प्रशिक्षणमा रहेका कुनै खेलाडीले लिग खेल्न नपाउने भएपछि आक्रोसित भएका छन् ।
कप्तान अञ्जली चन्दले भनिन्, ‘हामीलाई किट, बुट र किपरलाई चाहिने किट दिनुप¥यो, भनेको हो । भोलि (शुक्रबार) काठमाडौं जाने भन्ने छ । आज आएर हाम्रो फेरि सेलेक्सन भनेर बोलाउनुभएको छ । अन्तिम समयमा प्रशिक्षक परिवर्तन भएको छ ।’ नयाँ प्रशिक्षकले आफूहरुलाई नचिन्ने हुनाले उनीसँग प्रशिक्षण गर्न गाह्रो हुने कप्तान अञ्जलीले बताइन् । ‘काठमाडौं हिँड्ने केही दिनअघि मात्रै नयाँ प्रशिक्षक ल्याएर हामीलाई उहाँले कसरी चिन्नु हुन्छ ?’ उनले प्रश्न गरिन् । खेलाडीले पुरानै प्रशिक्षक र सबै २६ जना खेलाडी नै काठमाडौं जान पाउनुपर्ने माग गरेका छन् । फुटवल सघंको यो कदमले सुदुरपश्चिमको फुटवल क्षेत्र निकै पछी पर्ने भन्दै कप्तान चन्दले यो नयाँ टिमले एक गेमपनि नजित्ने दावी गरिन् ।
दिइरहेका थिए । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनाएपछि सुदूरपश्चिम फुटबल संघले काठमाडौंबाट ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक लगेको छ । प्रशिक्षक परिवर्तन र सुदूरपश्चिम फुटबल संघले पहिलो चरणमा १८ जनालाई मात्र काठमाडौं लैजाने कुरा गलत गरेको खेलाडी गायत्री मल्ल बताउछिन् । अन्तिम समयम आएर प्रशिक्षक परिवर्तन गरिएको, सबैजनालाई काठमाडौं लैजानुपर्नेमा फेरि छनोट गर्न खोजेको र खेलाडीलाई चाहिने सामग्री पनि नदिएको उनले बताइन् ।
खेलाडीले पुरानै प्रशिक्षक र सबै २६ जना खेलाडी नै काठमाडौं जान पाउनुपर्ने माग गरेका छन् । जेठमा लिग छनौट प्रतियोगिता खेलाएर १ महिना प्रशिक्षणमा समेत रहेका खेलाडी छोडेर अर्कै खेलाडी लैजानु दुखद भएको खेलाडीहरु बताउछन् । मुख्य टिम छोडेर नयाँ खेलाडी मात्रै लिगमा सहभागी गराउँदा सुदुरपश्चिमले नतिजा राम्रो नल्याउने उनिहरुको तर्क छ । यति मात्रै नभएर १ महिना प्रशिक्षणपछि खेल्न नपाउँदा मानसिक रुपमा समेत पिडा थपिने उनिहरुको गुनासो छ । यसका साथै घर परिवार तथा आर्थिक कारण खेलाडी पलायन हुन सक्ने उनिहरु बताउछन् ।
सुर्खेतमा छनौट गेम खेल्न जाँदा हामीलाई छनौट गरेरनै पठाइएको हो उप कप्तान अस्मिता चौधरीले भनिन् “त्यही अनुसार हामीलाई १ महिने बन्द प्रशिक्षणमा राखेको थियो, हामी घर परिवार, पढाई नभनेर प्रशिक्षणमा थियौँ, अनी खेलाडी कम लैजाने फुटवल सघंले भन्दा हामीले २६ जना जानुपर्छ भनेका हौँ, त्यसै बिषयमा सघंले नयाँ टिम लगेर गयो, यसले फुटवलको घाटा त छदै छ, हाम्रो जिवनमापनि नराम्रो अशर पर्छ, यत्रो छनौट गेम अनी प्रशिक्षणमा बसेर खेल्न नपाउँदा आर्थिक सकंट त पर्छनै अनी पारिवारिक दवावले कोही बिहे गर्छन, कोही अन्तै पलायन हुन्छन्, हाम्रो भविश्यपनि सकंटमा पर्छ ।”
फुटवल सघंले १८ जना लैजान खोज्दा खेलाडीहरुले २६ जना लैजानुपर्ने अडान राखेपछि यो समस्या श्रृजना भएको बुझिन्छ । तर खेलाडीहरुलाई सम्झाएर क्षमता अनुसार छनौटमा परेका खेलाडीनै लैजानुपर्नेमा फुटवल सघं सुदुरपश्चिमले १ महिने प्रशिक्षणका खेलाडी छोडेर नयाँ खेलाडी लैजाने निर्णय फुटवल क्षेत्रकै लागी गलत हो । फुटवल सघं सुदुरपश्चिमले भने खेलाडीहरुमा अनुशासन नदेखिएको जनाएको छ । ‘अहिले हाम्रा महिला खेलाडी पूरै बहकिएका छन् । उनीहरु खेल्नमा भन्दा पनि हामीलाई व्यवस्थाकीय प्रश्न गर्नमा व्यस्त रहेका छन् ।