धनगढी: कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट ५ लाख बढीका अवैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका – १५ कनरी, टीकापुर नगरपालिका – ७ डाडाबोजी र गौरीगंगा नगरपालिका – १० उदासीपुरबाट २ लाख ३ हजार ७४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । जस अन्तरगत प्याज, चिनी, मिश्री, सरप, साबुन, नरिवल, सुर्ती, मिठाई, किसमिस, दाल, चक्लेट, मसला, साडी, कुर्ती, ब्याट्री, मोटरसाइकल लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ९ बह्मदेव र पुनर्वास नगरपालिका –११ डोकेबजार ३ लाख ३२ हजार ९६० रुपैयाँ बराबरको प्याज, चिनी, खाने तेल, टेबुल, लेडिज ब्याग, पाउडर, मोटरसाइकल लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।