धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका(४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी प्रमुख पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।
उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।