बैतडी–सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिक आएपछि पुख्र्यौली थलो फर्कनेको संख्या बढेको छ । पहाडबाट बसाइसराईँ गरेर गएकाहरु गौराका लागि पुख्र्यौली थलोमा फर्कन थालेका छन् । तराईका जिल्लाबाट पहाड आउनेको संख्या बढेको महाकाली बहुउद्देश्यीय यातायाता प्रालि सतबाँझका सम्पर्क व्यक्ति कर्णबहादुर पाण्डेले बताए । पहिलाको तुलनामा गौरा नजिक आएसंगै तराईबाट पहाड आउनेको संख्या बढेको उनले बताए ।
गौराको समयमा पुख्र्यौली थलोमा सबैसंग भेटघाट हुने भएकाले गौराका लागि पुख्र्यौली थलोमा फर्किएको बैतडीका लवदेव अवस्थीले बताए । गौरा पारिवारिक मिलनको पर्व भएकाले पनि सबै मानिसहरु एकै ठाउँमा भेट हुने गरेको उनले बताए ।